नेकपासँग संघीय समाजवादीको एकीकरणको विषयमा छलफल भएको हो : प्रचण्ड

 जेठ २७, २०७५ आइतबार ११:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संघीय समाजवादी पनि नेकपामा एकीकरण हुने बिषयमा छलफल भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एक हुने विषयमा छलफल भए पनि त्यो तत्काल सम्भव भने नभएको स्पष्ट पार्नुभयो ।

संघीय समाजवादीलाई सरकारमा ल्याउने बितिकै पार्टी एकिकरण गर्नु पर्छ भन्ने कुरा नभएपछि यही विषयमा विभिन्न चरणमा छलफल भने भएको बताउनु भएको छ  ।

उहाँले अहिलेको अवस्थामा राजपालाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेकोले उनीहरुसँग पनि विभिन्न चरणमा छलफल भैरहेको बताउनुभयो । ‘उहाँहरुसँग पनि छलफल भएको छ, उहाँले भन्नुभयो, सरकारमा ल्याउने विषयमा सकारात्मक देखिनु भएको छ ।’
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया