मन्त्रीको गाडी दुर्घटना, तीन घाइते

 कात्तिक २४, २०७५ शनिबार ९:३६:३१ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै अाएकाे बा २ झ ३१२५ नं को स्कारपियो जीप गए राति कैलालीमा दुर्घटना भएकाे छ ।  दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मन्त्री सोडारी जीपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परि जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से ३ प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो । 

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से ३ प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जीप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । 

अन्तिम अपडेट: कात्तिक २६, २०७५

तपाईको प्रतिक्रिया