भाइटीकाकै दिन जीप दुर्घटना, बाबुछोरीको मृत्यु

 कात्तिक २४, २०७५ शनिबार १९:२९:६ | राजु लामिछाने

रुकुम पश्चिम – शुक्रबार बाँफिकोट गाउँपालिका –३, दहखोलामा भएको जीप दुर्घटनामा परि घाइते भएकी बालिकाको पनि ज्यान गएको छ । 

शुक्रबार बेलुका लु १ ज २६६८ नम्बरको जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी आठबीसकोट नगरपालिका –१, स्यालाखदीकी ५ वर्षीया पार्वती विकको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो । 

उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिका –३, स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालक आठबीसकोट नगरपालिका वडा नम्बर –१, स्यालाखदीकै २८ वर्षीय टेकमान विकको शुक्रबार  मृत्यु भएको थियो । पार्वती र टेकमान बाबुछोरी हुन् । 

टेकमान छोरीलाई लिएर नेपानेमा रहेको ससुरालीतर्फ जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीको भनाई छ । बाटो अप्ठेरो भएका कारण दुर्घटना भएको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया