सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
टर्कीले गएकाे महिना टर्कीमा रहेकाे साउदी अरबको महावाणिज्य दूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको टर्कीले बताएकाे छ ।
'हामीले श्रब्य सामग्रीलाई साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएका छौँ,' राष्ट्रपति रेसेप तैयप एर्दोआनले शनिबार यसबारे जानकारी दिएका हुन् । राष्ट्रपति एर्दोआनले भने, “उनीहरूले महा वाणिज्य दूताबासमा भएको विवाद उनीहरूले सुनेका छन् । थाहा पाएका छन् । तर सामग्रीबारे सहायक लिखित सामग्री भने दिइएको छैन ।”
पत्रकार खसोग्गीलाई अन्तिम पटक गएकाे अक्टोबर २ मा टर्कीमा रहेको साउदी अरबको महा वाणिज्य दूतावासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । उनकाे त्यही दिन हत्या गरिएको बताइदै आएको छ ।
उनान्साठी वर्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारेपनि बढ्दो अन्तर्राष्ट्रिय दवाबपछि महा वाणिज्य दूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो ।
एर्दोआनले याे घटनामा साउदी अरबका सबैभन्दा उच्च तहको नै निर्देशन रहेको आरोप लगाएका छन् । टर्कीका केही अधिकारीले भने याे घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको सम्लग्नता रहेको हुनसक्ने जनाएका छन् ।
टर्कीको सञ्चारमाध्यमहरू तथा अधिकारीहरूले उक्त श्रव्य सामग्री अङ्रासँग रहेको बताएका र याे सामग्री अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख जिना हास्पेलको टर्की भ्रमणका सन्दर्भमा अमेरिकालाई उपलव्ध गराइएको थियो ।
खसोग्गीको हत्या भएको साउदी अरबले स्वीकार गरे पनि मृत शरीर भेटिएको छैन । परिवारले आफ्ना अविभावक पत्रकार खसोग्गीको मृत शरीर दिन सरकारसँग पटक पटक आग्रह गरेका छन् । एर्दोआनका सल्लाहाकार यासिन आक्तेले गएकाे हप्ता खसाेग्गीकाे मृत शरीरलाई एसिडमा हाली नष्ट गरिएको हुनसक्ने बताएका छन् ।