फाल्गुनन्द जयन्ती मनाईंदै

 कात्तिक २५, २०७५ आइतबार ८:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय विभूती, किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामको इभाङ–५ चुक्चिनाम्बामा भएको थियो । 

उनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । उनलाई २०६६ साल मङ्सिर १६ गते सरकारले नेपालका १६औँ राष्ट्रिय विभूति घोषणा गरेको हो ।

फाल्गुनन्द जयन्तीको अवसरमा आइतबार झापाको दमक नगरपालिका, इलामको चुलाचुली गाउँपालिका, र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया