सुनको भाउ बढ्यो

 जेठ २७, २०७५ आइतबार १२:४९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो । सुन आज तोलाको ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको भाउ तोलामा ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया