अनिश्चितकालीन धर्नामा निर्मलाको परिवार

 कात्तिक २५, २०७५ आइतबार ९:४०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अभिभावकले आइतबारदेखि धर्ना सुरु गर्ने भएका छन् । छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेको हो । 

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताउनुभयो । निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न धेरैवटा समिति बनाइए पनि प्रभावकारी छानविन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्मीको भनाई छ । 

घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया