घाँस काट्न जाँदा भीरबाट खसेर किशोरीको मृत्यु

 कात्तिक २५, २०७५ आइतबार १०:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम – भीरबाट खसेर एकजना १६ वर्षीया किशोरीको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर किशोरीको ज्यान गएको हो ।

स्थानीय मिनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको भिरबाट खसेकी हुन् । घरबाट खर काट्न गएकी चेतना शनिबार दिउँसो १ बजे वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेकी थिइन् । उनको घटना स्थलमै ज्यान गएको परिवारले जनाएको छ ।

भीरबाट खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनीसंगै उनेकी आमा र भाउजु पनि घाँस काटन गएका थिए ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया