नायिका राणाको प्रेममा पूर्णविराम

 कात्तिक २५, २०७५ आइतबार ११:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

नायिका परमिता आर एल राणाले केही समय अघि मात्र आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइन् । उनको जन्म दिनको अवसरमा उनका प्रेमी हिसी लोसांगले औँठी लगाइदिएको तस्बिर सञ्चार माध्यममा निकै चर्चित बनेको थियो ।

कतिपय मानिसहरुले परमिताको जन्मदिनमै टिकाटालो गरेको अड्कल समेत लगाएका थिए । तर पछिल्लो समय उनीहरुको ब्रेकअप भएको खबर सञ्चार माध्यमहरुमा आइरहेका छन् । यसको पुष्टि परमिता आफैँले गरेकी छन् । 

परमिताले आफ्नो इन्स्टाग्राममा स्टाटस लेख्दै आफ्नो ब्रेकअप भएको पुष्टी गरेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा यस्तो स्टाटस लेखेकी छिन् । ‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ । म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले अहिले बल्ल बुझेँ कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

केही समय अघि नायक आयुष्मान देशराज जोशीसँगको प्रेम सम्बन्धबाट टाढा भएकी थिइन् । उनीसँग टाढिएका नायक आयुष्मानले नायिका प्रियंका कार्कीसँग टिकाटालो गरिसकेका छन् । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया