म्यानचेस्टर डर्वी : पेप गार्दिओला भर्सेस जोसे मोरिन्हो

 कात्तिक २५, २०७५ आइतबार १२:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी आइतबार आमने सामने हुँदैछन् । नेपाली समय अनुसार बेलुका सवा १० बजे इथियाड स्टेडियममा हुने खेल म्यानचेस्टर डर्वीको नामले परिचित छ । एउटै सहरका दुई प्रतिद्वन्द्वीबीचको यो खेल प्रतिष्ठाका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

अहिले दुवै क्लब संकटमा छन् । म्यान्चेष्टर सिटी मैदानबाहिरको समस्या भोगिरहेको छ भने युनाइटेड नतिजाका कारण मारमा पर्दै आएको छ ।

यो प्रतिष्ठा खेलाडी र समर्थकको मात्र होइन, म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप गार्दिओला र युनाइटेड प्रशिक्षक जोसे मोरिन्होकोबीचमा पनि उत्तिकै महत्वपूर्ण छ ।

सन् २०१८–१९ सिजनको यो पहिलो म्यानचेस्टर डर्वी म्याच हो । खराब फर्मबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षकका लागि आजको खेल निकै महत्वपूर्ण छ । पछिल्ला तीन खेलमा भने युनाइटेडले जित निकालेको छ । प्रिमियर लिगको दुई म्याच र च्याम्पियन्स लिगमा युभेन्टसलाई हराएपछि युनाइटेडको मनोबलमा केही वृद्धि भएको छ ।

लिगको ११औं चरणको खेल सकिँदा युनाइटेड शीर्ष स्थानको सिटी भन्दा ९ अंकले पछि छ ।

अघिल्लो सिजनको डर्वीमा सिटी र युनाइटेड दुबैले अर्काको मैदानमा जित हात पारेका थिए । सिटीले वल्ड ट्राफोर्डमा २–१ को जित निकालेको थियो भने इथियाड स्टेडियममा उत्कृष्ट कमब्याक गर्दै युनाइटेड ३–२ ले विजयी भएको थियो ।

समग्रमा यी दुई टिम प्रिमियर लिगमा ४२ पटक खेलेका छन् । जसमा युनाइटेडले २१ खेल जितेको छ भने सिटीले १३ खेलमात्र आफ्नो पक्षमा पार्न सफल भएको छ । बाँकी आठ खेल भने बराबरी भएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया