शेयर बजारमा दोहोरो अङ्कको गिरावट

 कात्तिक २५, २०७५ आइतबार १६:५६:४४ | रासस
unn.prixa.net

काठमाडौं – धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलव २२ बिन्दुमा झरेको छ ।
प्रतिशतका आधारमा १ दशमलव ४२ बिन्दुले बजार घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ बिन्दुले घटेर २५५ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत आइतबार गिरावट आएको छ । कूल १२५ कम्पनीको तीन लाख १४ हजार २९७ कित्ता शेयर नौ करोड ९४ लाख ५१ हजार ४८ मूल्यमा खरिद बिक्री भएको थियो । कारोबार भएका कूल नौ उपसमूहमध्ये आइतबार दुई उपसमूहको शेयरमा भने वृद्धि भएको छ ।

वित्त १ दशमलव २५ र अन्य शुन्य दशमलव ७३ बिन्दुले बढ्दा बैङ्किङ २५ दशमलव शुन्य आठ, होटल ३ दशमलव ५८, विकास बैङ्क ६ दशमलव शुन्य पाँच, जलविद्युत् १३ दशमलव २२, निर्जीवन बीमा ४३ दशमलव शुन्य सात, माइक्रोफाइनान्स ३ दशमलव शुन्य आठ र जीवन बीमा २९ दशमलव ११ बिन्दुले ओरालो लागेको छ ।

घटेको बजारमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने अपि पावर कम्पनी, स्ट्याण्र्डड चार्टड बैङ्क र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज गुमाएका छन् । स्टकले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका कारण नेप्सेको बेबसाइटमा समस्या देखिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रणाली जडान गर्दा केही समस्या आएको स्वीकार गर्दै प्राविधिक समस्या समाधानका लागि जुटेको जानकारी दिनुभयो ।

यस्तै स्टक एक्सचेञ्जमा आइतबार नै नेपाल बैङ्क लिमिटेडको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता थप सार्वजनिक निश्काशन९एफपीओ० सूचीकृत भएको छ । स्टककाअनुसार सेञ्चुरी कर्मसियल बैङ्क लिमिटेडको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यस्तै स्ट्याण्डर्ड चार्टड बैङ्कले आफ्ना शेयरधनीलाई १७ दशमलव ५० प्रतिशत नगद लाभांश दिने जानकारी समेत स्टकलाई गराएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया