बाख्रा चराउन गएकी १२ वर्षीया बालिका मृत भेटिइन्, बलात्कार गरी हत्या गरिएको आशंका

 कात्तिक २५, २०७५ आइतबार १८:१०:४८ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरमा शनिबार एक १२ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेकी छिन् । 

रौतामाई गाउँपालिका वडा नं.-३, लाफागाउँ अमला भन्ज्यांग घर भएकी१२ वर्षीया बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

शनिवार दिउँसो २ बजे बाख्रा चराउन गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र आफन्तले खोजी गर्ने क्रममा मृत फेला परेको वडाअध्यक्ष दुर्गराज खड्काले बताउनुभयो । 

अध्यक्ष खड्काले भन्नुभयो, ‘शरीरमा लगाएको कपडा च्यातिएको अवस्थामा फेला परेको छ, बलात्कारपछि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।’ 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा प्रहरी टोली छानबिनका लागि घटनास्थलतर्फ गएको प्रहरी उपरीक्षक चन्ददेव राईले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया