सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
उदयपुर – उदयपुरको बेलका नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा बेलका नगरपालिका–२ बेलहाकी १९ वर्षीया विनिता चौधरी, २० वर्षीया दिपिका चौधरी र २० वर्षीय ईन्द्र चौधरी रहेको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिनुभयो ।
बेलका नगरपालिका वडा नम्बर–८ मा रहेको रङमहलको उकालोमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
२७ जना घाइतेको विपीमा उपचार भईरहेको छ । घाइतेको अवस्था बुझ्न मेयर थापा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्नु भएको थियो ।
ट्याक्टरमा तिहारमा देउसी भैलो खेलेको रकमबाट पिकनिक खान गएका अधिकांश १८ वर्ष मुनिका युवा-युवती रहेका थिए ।
उदयपुर र सुनसरी जोड्ने चतराको कोशी पुलमा पिकनिक खाएर फर्कने क्रममा स १ त ५८५० नम्बरको ट्याक्टर रङमहलको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरिक्षक नविन कुमार सिंहले बताउनुभयो ।
उदयपुरमा ट्याक्टर दुर्घटना, वनभोज खाएर फर्किएका तीनजनाको मृत्यु, ३० भन्दा बढी घाइते