मन्त्रिपरिषद बैठकको निर्णय तत्काल जानकारी नगराइने

 कात्तिक २५, २०७५ सोमबार ५:४४:३८ | उज्यालो सहकर्मी

काठमाडौं - सरकारले मन्त्रिपरिषद बैठकको निर्णयहरु तत्काल जानकारी नगराउने भएको छ । आइतबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अबदेखि मन्त्रिपरिषद बैठकको निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो ।

अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

यसअघि विशेष अवस्था  बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराईन्थ्यो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया