दसैं तिहारमा मात्रै पर्वतमा २ सय ८१ गाडी कार्वाहीमा, २ लाख राजश्व उठ्यो

 कात्तिक २६, २०७५ सोमबार ६:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय पर्वतले संयुक्त रुपमा दसैँ–तिहारमा मात्रै २ सय ८१ ओटा गाडी तथा गाडी चालकलाई कार्वाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार कार्वाहीबाट २ लाख २९ हजार राजश्व संकलन भएको छ  । जिल्ला ट्राफिक कार्यालय पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा दुर्घटनामुक्त चाडपर्व अभियान सञ्चालन गरेको  थियो ।

दसैंभन्दा केही दिन अघिदेखि प्रहरीले गएका वर्षमा घटेका घटनाहरुलाई मध्यनजर गर्दै यो अभियान कडाईका साथ लागू गरेपछि कार्वाहीको संख्या बढेको हो ।

प्रहरीले रक्सी खाएर सवारी चलाउने नौजना चालकलाई कार्वाही गरेको छ । जसमध्ये बेनीदेखि बीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ७०३० नम्बरको यात्रुबहाक बसका चालक दलबहादुर पन्तलाई सार्वजनिक मुद्धासमेत दायर गरेको छ ।

पन्तले रक्सी खाएर सवारी चलाउँदा बस अनियन्त्रित भई बसमा सवार बागलुङ नगरपालिका १० की २३ वर्षीया गीता परियार बसबाट खसेर घाइते हुनुभएको थियो । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएपछि कार्वाहीका लागि मुद्धा दायर गरेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । 

प्रहरीले बढी भाडा लिएको भन्दै ७ वटा गाडी र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै ४० ओटा गाडीलाई कार्वाही गरेको छ । यस्तै अन्य २ सय २५ सवारीसाधनलाई विभिन्न कसुरमा कार्वाही गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया