३ सय ७८ वर्ष पुरानो नाच चलाउन बजेट भएन, १२ दिन मात्र सञ्चालन हुने

 कात्तिक २६, २०७५ सोमबार ११:३२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ३ सय ७८ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच ललितपुरमा आजदेखि सञ्चालन हुँदैछ । राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको कात्तिकनाच विगतमा २७ दिनसम्म देखाइने गरेकोमा बजेट अभावका कारण पोहोर जस्तै १२ दिनमात्र देखाइने भएको छ । 

यसपटक नाच एक महिना देखाउने तयारी भए पनि रकम नहुँदा १२ दिन मात्र सञ्चालन गरिने ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । पाटनको कृष्ण मन्दिर परिसरमा रहेको डबलीमा बेलुका देखाइने कार्तिक नाच कृष्ण लिलामा आधारित नाच हो । जसमा दिनैपिच्छे फरक फरक नाच देखाइन्छ । 

कात्तिक नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदायको विभिन्न जातिको प्रतिनिधित्व हुने गर्दछ । कात्तिक नाच नेपाल संवत निरन्तर प्रदर्शन भइरहेको नाच हो । 

कात्तिक नाचकाे कार्यक्रम तालिका

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया