अबको ३ वर्षमा सबै नेपालीको घरमा विद्युत पुग्छ : उर्जामन्त्री पुन

 कात्तिक २६, २०७५ सोमबार १३:५२:४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले अबको ३ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुग्ने बताउनुभएको छ ।

रोल्पाको लिबाङमा रिपोर्टर्स क्लब रोल्पाले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले शतप्रतिशत नागरिको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यका साथ सरकार लागिरहेको बताउनुभएको हो । 

अहिले ८५ प्रतिशत नागरिकले विद्युत सेवा उपभोग गर्न पाएको भन्दै मन्त्री पुनले ग्रीडबाट सम्भव नभएका ठाउँमा वैकल्पिक प्रणालीबाट भए पनि विद्युत सेवा पुर्‍याउने तयारी भइरहेको बताउनुभयो ।

सरकारले ५ ठूला बहुउद्देश्यीय आयोजना निर्माण गरी विद्युत र सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित ती आयोजनाको सम्भाव्यता अध्ययनसमेत गरेको मन्त्री पुनले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया