विश्वकपमा नेपाललाई पनि सहभागी गराउन सांसदको रोचक सुझाव (भिडियो)

 जेठ २७, २०७५ आइतबार १४:४०:८ | उज्यालो सहकर्मी

काठमाडौं – रुसमा हुने विश्वकप फुटबलबारे सडकमा मात्र होइन, संसदमा पनि बहस सुरु भएको छ ।

आइतवारको प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद विरोध खतिवडाले विश्वकपमा नेपालको सहभागिताबारे रोचक सुझाव दिनुभएको हो ।
उहाँले संसद भवन परिसरमा रहेको पानी ट्याँकीको माथि विश्वकपलाई स्वागत छ भनेर लेख्न सुझाव दिनुभयो ।

‘पानी ट्याँकीको माथि फुटबलजस्तै गोलो चिटिक्क परेको छ । यसो हेर्दा वल्र्डकप उठाएको जस्तो पनि देखिन्छ । त्यसमा फुटबलको आकार दिएर डिजिटलबाट विश्वकपलाई स्वागत छ भनेर लेख्यो भने नेपालको सहभागिता जस्तो हुन्छ’ खतिवडाले भन्नुभयो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया