आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

 कात्तिक २६, २०७५ सोमबार १७:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नायक आकाश श्रेष्ठ चलचित्र ‘वीर विक्रम २’मा फाइनल भइसकेका थिए ।

चलचित्रको छायांकन आजबाट नै सुरु गर्ने तयारी थियो तर अन्तिम समयमा आएर आकाश श्रेष्ठले चलचित्र ‘वीर विक्रम २’बाट हात झिकेका छन् । उनले आफ्ना हजुरबुवा बिरामी भएको बताउँदै चलचित्रमा समय दिन नसक्ने बताएका हुन् । अचानक हजुरबुवा बिरामी पर्नु भएर उपचारमा आफूले समय दिनु पर्ने भएकोले चलचित्र छाड्नु परेको उनले फेसबुकमार्फत उल्लेख गरेका हुन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै चलचित्र युनिटसँग क्षमासमेत मागेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सबै भन्दा पहिला त क्षमाप्राथी छु । मैले खेल्ने भनिएको चलचित्र ‘वीर विक्रम’ म मेरो हजुरबुवा बिरामी भएको हुँदा उहाँको उपचारमा समय दिनु पर्ने कारणले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु । मिलन दाइसँग काम गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य थियो र खुशी पनि थिएँ तर यो टिमलाई साथ दिन सकिनँ । म आवद्ध नभए पनि ‘वीर विक्रम २’लाई सफलताको शुभकामना छ । आगामी दिनमा िनर्देशक तथा निर्माता मिलन चाम्स दाइसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद ।’

आकाशले काम नगर्ने भ पछि चलचित्र ‘वीर विक्रम २’मा नायक पल शाहले काम गर्ने पक्का भएको छ । चलचित्रमा आकाशले गर्ने भनिएको भूमिका अब पल शाहले गर्ने पक्का भएको हो । चलचित्रको छायाँकन अबको केही दिनभित्रमा नै गर्ने निर्माण युनिटले बताएको छ । 

चलचित्रमा आकाश श्रेष्ठलाई अनुबन्धित गर्नुअघि नै नायिका वर्षा सिवाकोटीलाई फाइनल गरिएको थियो  । नायक अनमोल केसीको समय नमिलेपछि निर्देशक मिलन चाम्सले ‘वीर विक्रम २’मा आकाश श्रेष्ठलाई  अनुबन्धित गरेको बताइएको थियो । 

-उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया