‘भाग्यले बाँचेकाहरु’ युएईमा प्रदर्शन हुने

 जेठ २७, २०७५ आइतबार १४:४७:५ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ युएईमा प्रदर्शन हुने भएको छ । २०७२ सालको भूकम्पमा परेर मुस्किलले ज्यान बचाएकाहरुमा केन्द्रित वित्तचित्र आबुधाबी, सारजाह र दुवईमा प्रदर्शन गर्न लागेको  कार्यक्रम संयोजक तथा लमजुङ समाजका उपाध्यक्ष बाबुराम सापकोटाले जानकारी दिनुभयो । 

लमजुङ समाजका महासचिव शिवजंग गुरुङका अनुसार जून १५ तारिख दिउँसो २ बजे आबुधाबीस्थित अल अहलिया अस्पतालको हल, जून १६ तारिख बिहान १० बजे शाहरजास्थित मम हाउस रेस्टुरेन्ट र दिउँसो २ बजे दुवईस्थित सिल्भर स्पोन रेष्टुराँमा वित्तचित्र प्रदर्शन गरिनेछ । प्रदर्शनबाट उठेको रकम परोपकारका लागि खर्च गरिने उहाँले बताउनुभयो । 

प्रदर्शनीका लागि वित्तचित्रका निर्देशक गणेश पाण्डे, निर्मात्री शारदा गैरे, पत्रकार आश गुरुङ नेपालबाट आउँदै हुनुहुन्छ । साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको ‘भाग्यले बाँचेकाहरु’को छायाङ्कन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् । अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले वित्तचित्रमा परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया