नवलपरासी बस दुर्घटना अपडेट : उपचाररत एकजनाको ज्यान गयो

 कात्तिक २६, २०७५ सोमबार १९:२९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नवलपरासी – नवलपरासीको गैडाकोट नगरपालिका १४, अमरापुरीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भएका एक जनाको उपचारको क्रममा ज्यान गएको छ ।

दुर्घटनामा परि घाइते हुनुभएकी दा¨ थिलकपुर गाउ“पालिका बस्ने ७० वर्षीया गंगा बिकको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।

दाङबाट काठमाडौंका लागि छुटेको  ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको थियो ।  बस पल्टिँदा बसमा सवार पच्चिस जना घाइते भएका थिए  ।

घाइतेमध्ये अहिले नया“ मेडिकल कलेज भरतपुरमा चार जना र पुरानो मेडिकल कलेज भरतपुरमा पा“चजनाको उपचार भइरहेको छ । अन्य घाइते उपचार पछि घर फर्किसकेको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया