छठको तेस्रो दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

 कात्तिक २७, २०७५ मंगलबार ८:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामको सँग मनाउँदैछन् । चार दिनसम्म मनाउने याे पर्व आस्था, निष्ठा एवम समाजिक सदभावको रुपमा परिचित रहेको छ ।

घरघरमा शुद्ध एवम् चोखो भएर सख्खर (मिठा)ले तयार पारिएको ठेकुवा, भुसुवा, उखु, केरा, नरिवललगायतका पूजासामग्रीसहित नजिकै रहेको जलाशयमा गई साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । 

छठपर्व मनाउनको लागि स्थानीय इनार, पोखरी, नदी, ताल तलैया जलाशयको घाटलाई आकर्षक एवम् झकिझकाउ बनाएका छन् । 

मिथिलाञ्चलको घर, पसल र सार्वजनिक थलोमा छठ छठको लोक गीत गुञ्जि रहेको छ । दिपावलीको दिनदेखि छठ गीत बजाउने क्रम पनि बढेको छ । तिहार र छठमा प्रयोग हुने सामग्रीमा समानताका कारणले दुवै पर्वको तयारी लगभग सँगसँगै सुरु भइसक्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया