म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

 कात्तिक २७, २०७५ मंगलबार ९:३:४७ | एजेन्सी
unn.prixa.net

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ ।

प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सस अवार्ड फिर्ता लिएको हो ।

म्यान्मारमा अल्पसंख्यक रोहिन्ग्या समुदायका लाखौ मानिसले म्यानम्यार छोड्नु परेको घटनामा चुप रहेकोमा निराशा जनाउँदै उपाधि फिर्ता लिने निर्णय गरेको एमनेस्टिले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया