सिगास गाँउपालिकामा तीनओटा लघुजलविद्युत आयोजना बन्ने

 कात्तिक २७, २०७५ मंगलबार १०:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – सिगास गाउँपालिकामा तीनओटा नयाँ लघु जलविद्युत आयोजना बन्ने भएका छन् । गाउँपालिकाले गएको आर्थिक वर्षदेखि नै रकम विनियोजन गरेर लघुजल विद्युत आयोजना निर्माणको काम थालेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । 

गाउँपालिकाको वडा नं ७ मा न्वाघरीगाड लघुजल विद्युत आयोजना, वडा नं ६ मा थलालीगाड लघुजल विद्युत आयोजना र भेकेगाड लघुजल विद्युत आयोजना निर्माणको काम भैरहेको उहाँले बताउनुभयो । गएको आर्थिक बर्षमा न्वाघरी गाडमा ३५ लाख, थलालीगाडमा तीस लाख र भेकेगाडमा ५३ लाख बजेट विनियोजन गरिएको थियो । 

चालु आर्थिक वर्षमा तीनओटै आयोजनामा ५० लाखका दरले रकम विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले बताउनुभयो । गाउँपालिका बासीन्दाहरुको विद्युत सेवामा पहुँच पुर्‍याउनका लागि लघुजल विद्युत आयोजना निर्माणको काम सुरु गरिएको उहाँले बताउनुभयो । अन्य वडाहरुमा राष्ट्रिय प्रशारण लाइनबाट विद्युत विस्तारको काम गर्ने गरी तयारी भैरहेको प्रवक्ता धामीले जानकारी दिनुभयो ।

सिगास गाउँपालिकामा पहिलादेखि नै ६ ओटा लघुजल विद्युत आयोजना मर्मत सम्भारको अभावमा बन्द भएका थिए । ती मध्ये केहीलाई सुचारु गर्नका लागि रकम विनियोजन गरिएको प्रवक्ता धामीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया