सडकमै घस्रिएर छठघाट पुग्दै विराटनगरका मेयर पराजुली

 कात्तिक २७, २०७५ मंगलबार १३:४२:२८ | सुमन तिमल्सिना

मोरङ – विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली भुइँमा घस्रेर दण्ड प्रणायाम गर्दै छठ पूजामा निस्किनुभएको छ । 

विराटनगरको पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट उहाँ आफ्ना २ भतिजासहित दण्ड प्रणायाम गर्दै छठको अस्ताउँदो सूर्यलाई अर्घ्य दिन निस्किनुभएको हो ।

मेयर पराजुलीलाई उहाँका भतिजाहरु प्रमिस र मनिस पराजुलीले साथ दिएका छन् । पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट झण्डै ३ किलोमिटरको दूरी घस्रिएर पार गर्दै मेयर पराजुली करिब ४ घण्टाको अवधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुग्नुहुन्छ ।  

यसअघि १२ वर्षसम्म आफ्नो र परिवारको लागि छठको व्रत बसेको बताउने पराजुलीले १३ आँै वर्षको व्रत त्यो बेला बिरामी पर्नुभएका शशांक कोइरालालाको लागि बसेको बताउनुभयो ।

१४ औँ वर्षको पूजा भने आफू मेयर भएपछि आफ्ना लागि बसेको भन्दै उहाँले अहिलेको १५ औँ वर्षको कठोर व्रत भने महानगरको समृद्धि र नगरबासीका लागि बसेको मेयर पराजुलीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया