एम्बुलेन्सको ठक्करबाट बालक गम्भीर घाइते

 कात्तिक २७, २०७५ मंगलबार १५:४०:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल–सिलगढी नगरपालिका–४,पिपल्लामा एम्बुलेन्सको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार पिपल्लामा रहेको शैलेस्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा त्यसै अस्पतालका निर्देशक आइजंग कुँवरका ८ वर्षीय छोरा इशान कुँवर गम्भिर घाइते भएका हुन् । 

एम्बुलेन्सको ठक्करबाट घाइते भएका कुँवरको शैलेस्वरी अस्पतालमा उपचार हुन नसक्दा कैलाली तर्फ रिफर गरिएको छ । 

एम्बुलेन्स ब्याक गर्ने क्रममा ती बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरु बताउँछन् । 

एम्बुलेन्सको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको छ । ठक्कर दिने एम्बुलेन्स तथा चालकलाई इलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया