वडा सदस्य सार्कीको हत्यारालाई कारबाही गर्न विषेश समिति गठन

 जेठ २७, २०७५ आइतबार १६:१०:२६ | उज्यालो सहकर्मी

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कालिकोट नरहरिनाथ गाउँपालिका ९ वडाकी महिला वडा सदस्य मुना सार्कीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न विशेष छानबिन समिति गठन गरिएको बताउनु भएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले महिला वडा सदस्य सार्कीको हत्यालगायत महिला हिंसा हुन नदिन सरकारले विशेष अभियान नै संचालन गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रियसभाका सांसदहरुले महिला वडा सदस्य सार्कीको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री थापाले हत्या, महिला हिंसालगायतका घटना हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार अपराध नियन्त्रण, लागुऔषध दुव्र्यसनीलाई निष्तेज पार्न लागि परेको पनि स्पष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले सरकारले विकास, निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कडा कारबाही गर्न विशेष अभियाननै संचालन गरिरहेको पनि सांसदहरुलाई जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया