सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएका सह–न्यायधीवक्ता थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 कात्तिक २७, २०७५ मंगलबार १६:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – उच्च सरकारी वकील कार्यालय, पोखरा कास्कीका सह–न्यायधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

ठगीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने लोभ देखाएर सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिइरहेको अवस्थामा सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका थिए । 

उनलाई हदैसम्मको जरिवाना र कैद सजाय माग गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया