राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा

 कात्तिक २७, २०७५ मंगलबार १७:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गर्नुभएको छ ।

काठमाडौं कमलपोखरीमा बनाइएको घाटमा पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गर्नु भएको हो । राष्ट्रपतिले पूजा गरेसँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए ।

भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गर्नुभएको थियो । कमलपोखरी सहिते गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी किनारमा छठ पूजाको लागि घाटहरु बनाइएको छ ।

घाटहरुलाई ध्वजापताका र झल्लार बत्तीहरुले दुलहीझै सजाइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना गरिन्छ ।

विशेष गरी मिथिला क्षेत्रमा मनाइने यो पर्वमा चिताएको पूरा हुने विश्वासमा महिलाहरुले कठोर ब्रत गर्ने गर्छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया