कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
पोखरा - पोखरामा मंगलबार साँझ वर्षा भैरहँदा पनि छठ पर्व मनाउने तथा पर्वस्थलमा पुग्नेहरुको उत्साहमा कमी देखिएन । बर्तालुले अस्ताउँदो सूर्यलाई धार्मिक विधिपूर्वक अघ्र्य अर्पण गरे ।
पूजाका सामग्रीका रुपमा रहेका छठ पर्वको मुख्य पकवानमा ठेकुवाका साथै केरा, मिठाईलगायत सामग्रीद्वारा छठी माता र सूर्यदेवलाई अघ्र्य अर्पण गरिएको हो । बुधबार उदाउँदो सूर्यलाई अघ्र्य गरेपछि चार दिनको यो पर्व विधिपूर्वक सम्पन्न हुनेछ ।
पोखरा–११स्थित काली र सेती खोलाको दोभानको रिट्ठाघाट र फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा उत्साहका साथ छठ पूजा भइरहेको छ । दुवै ठाउँमा छठस्थललाई विधिवत् रुपमा सजाइएको छ ।
यसैबीच रिट्ठाघाटमा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले विधिवत् रुपमा छठ पूजाको शुभारम्भ गर्दै यस क्षेत्रमा आउँदो वर्षदेखि छठ पूजास्थललाई थप व्यवस्थित बनाउने वचनबद्धता प्रकट गर्नुभयो ।
पूजा समितिका अध्यक्ष देवनारायण सुतिहारले छठ पर्व मनाउनेहरु उत्साहका साथ पूजामा सरिक भएको र रातभर पूजास्थलमै जाग्राम बस्ने र बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि मात्र घरतर्फ लाग्ने बताउनुभयो ।
सन्तान प्राप्ति, परिवारको कल्याण र विभिन्न रोगबाट मुक्तिका लागि छठ पर्व मनाउने गरिन्छ । यो पर्वमा मधेशी समुदायका साथै पहाडी समुदाय पनि धार्मिक आस्थाका साथ पूजामा सरिक हुन थालिएकाले समावेशी अर्थात् साझा पर्वको पहिचान कायम भएको छ ।