आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलाे जित

 कात्तिक २८, २०७५ बुधबार ६:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । 

लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई ३८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन जोडेको थियो । पाकिस्तानका लागि जावरिया खानले नट आउट ७४ रन बनाउँदा अएसा जफारले २१ रन जोडेकी थिइन् । आएरल्याण्डका लागि लुसी रिलीले ३ विकेट लिएकी थिइन् ।

१४० रनको लक्ष्य लिएर मैदानमा आएको आएरल्याण्डले ९ बिकेटको गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । इसबोल जोयसीले ३० रन बनाउँदा कार्ले सिलिङटनले २७ रन बनाइन् । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा आएरल्याण्ड पाकिस्तानसँग ३८ रनले पराजित हुन पुगेको हो । पाकिस्तानका साना मिर, इमान अनवर, नस्र सान्धु र एलिया रियाजले दुई दुई विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया