केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

 कात्तिक २८, २०७५ बुधबार ९:३७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहाडी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको मौसमविद्ले बताएका छन् । 

मौसमविद् विभूति पोख्रेलका अनुसार आज एकदुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । विशेषगरी पश्चिमी क्षेत्रको मौसम बदली भई थोरै ठाउँमा पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै उच्च हिमाली भेगमा हिमपातको संभावना पनि छ । यस्तै राती पश्चिमी पहाडी क्षेत्रको एक–दुई ठाउँमा एकैछिन पानी पर्ने अनुमान छ । हिजो पोखरामा पानी परेको थियो । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया