सरकारी निवास मर्मत गर्न आईएनजीओको पैसा लिएको छैन : मुख्यमन्त्री पौडेल

 कात्तिक २८, २०७५ बुधबार १६:५८:० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीमा रहेको सरकारी निवास मर्मतमा आईएनजीओको सहयोग नलिएको बताउनुभएको छ । 

विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको ‘मुख्यमन्त्रीको शंकास्पद निवास’ शीर्षकमा प्रकाशित समाचारबारे धारणा सार्वजनिक गर्न निकालिएको प्रेस विज्ञप्तिमा पौडेलले आफूले कसैको सहयोग नलिएको बताउनुभएको हो ।  भैँसेपाटीमा रहेको शहरी विकास मन्त्रालयको स्वामित्वकोे भवन मुख्यमन्त्रीको सरकारी आवास भवनको रुपमा प्रयोग भएको जनाउँदै तर त्यसको मर्मतमा सरकारी रकम नै खर्च भएको जानकारी पौडेलका निजी सचिव बद्रीबहादुर पाठकले दिनुभएको छ । 

‘उक्त भवनको मर्मत, रंगरोगन, सजावटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिएको कुरा  आधारहीन र तथ्यमा आधारित नरहेको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त भवनको मर्मतसहितका कामका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमार्फत खर्च भएको हो । आवासका लागि फर्निचरसहितका सामग्री मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खर्च भएको हो ।’
 

अन्तिम अपडेट: चैत २३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया