एउटा हिराको मूल्य ५ अर्ब ७८ करोड !

 कात्तिक २८, २०७५ बुधबार १८:१६:५४ | एजेन्सी

कुनै हिराको मूल्य कति होला ?

एउटा दुर्लभ हिरा ५० मिलियन डलर अर्थात झण्डै ५ अर्ब ७८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । प्रति क्यारेटका हिसाबले हेर्ने हो भने यो एउटा विश्व रेकर्ड नै हो । 

‘पिंक लेगेसी’ नामक यो हिरा १९ क्यारेटको रहेको छ । यसलाई अमेरिकी कम्पनी ह्यारी विन्स्टनले जेनेभामा भएको लिलामीमा किनेको हो ।

क्रिस्टिज अक्सन हाउस युरोपका प्रमुखका अनुसार यो हिराको प्रति क्यारेट मूल्य ३० करोड रहेको छ, जुन विश्व रेकर्ड हो ।  लिलामी सुरु भएको ५ मिनेटमा नै यो हिरा बिक्री भएको थियो । 

नयाँ मालिकले यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएका छन् ।

यो हिरा डी बियर्स उत्खनन कम्पनी चलाउने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्सन हाउसका अन्तर्राष्ट्रिय प्रमुख राहुल कडाकियाका अनुसार यो हिरा विश्वकै उत्कृष्ट हिरामा पर्दछ । उनका अनुसार एक क्यारेट हिरामा पनि यसको गुलाबी रंग सजिलै देख्न सकिन्छ ।

यो हिरा सय वर्ष पहिले दक्षिण अफ्रिकाको एउटा खानीमा भेटिएको थियो । सन् १९२० पछि यो हिरा एक पटक पनि काटिएको छैन । १० क्यारेटभन्दा माथि तौल भएको यस्तो हिरा पाउन निकै कठिन भएको बताइन्छ ।

सन् २०१७ मा हङकङमा ८.४१ क्यारेटको हिरा प्रति क्यारेट २४ करोड रुपैयाँको दरले बिक्री भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया