नेपाली युवा खेलाडीहरुलाई जोन्टी रोड्सले प्रशिक्षण दिन सुरु गरे

 कात्तिक २८, २०७५ बुधबार १९:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सले नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षण दिन शुरु गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारदेखि शुरु भएको ‘हाइ पर्फर्मेन्स क्याम्प’ दश दिनसम्म चल्नेछ ।

काठमाडौं उपत्यकासहित बुटवल, धनगढी, विरगञ्ज र विराटनगरलगायतका ठाउँबाट युवा खेलाडी प्रशिक्षणका लागि आएको आयोजक स्पोर्टस इडीले जनाएको छ । 

उनले खेलाडीलाई क्रिकेटको फिटनेस टेष्ट र ट्रेनिङ गराउनुका साथै लिडरसिप स्किल, स्पोर्टस् मेडिसिन लगायतका विभिन्न पाटाहरुको प्रशिक्षण दिनेछन् । 

क्याम्पमा युवा खेलाडीका साथैै सिनियर खेलाडीको पनि सहभागिता छ । ५० वर्षीय रोड्सले दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट ५२ टेष्ट र २४५ एक दिवसीय खेल खेलेका छन् । जसमध्ये टेष्टमा दुई हजार ५३२ र एक दिवसीयमा ५ हजार ९ सय ५३ रन बनाएका छन् ।

रोड्स २५ नोभेम्बरमा स्वदेश फर्कने जनाइएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया