राष्ट्रपति भण्डारी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन पोल्याण्ड जाने

 कात्तिक २८, २०७५ बुधबार १९:३१:४१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाडाैं – अाउँदाे मङ्सिर १७ देखि २८ गतेसम्म पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डको पाँच दिवसीय भ्रमणमा मङ्सिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति सहायता जुटाउन राष्ट्राध्यक्षकाे रुपमा उहाँ पाेल्याण्ड जानुहुने भएकेा हाे । मन्त्री ज्ञवालीले राष्ट्राध्यक्षकाे रुपमा हुने राष्ट्रपति भण्डारीकाे भ्रमण फलदायी हुने बताउनुभयाे ।

सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने उहाँको कथन थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया