कम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै

 कात्तिक २८, २०७५ बुधबार १९:५२:१२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाडाैं – कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणमा अाउँदाे मङ्सिर १३ गते काठमाडौँ आउनुहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएकाे छ । दुई दिनकाे त्याे भ्रमण पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

सेक्टेम्बर २८ मा न्यू याेर्कमा प्रधानमन्त्री अाेली र कम्बाेडियाका प्रधानमन्त्री हुन सेनबीच भएकाे भेटवार्तामा सेन नेपाल अाउने बताएका थिए । बुधबार पत्रकारसँगकाे कुराकानीमा मन्त्री ज्ञवालीले अाफू पनि आफ्ना जापानी समकक्षीको निमन्त्रणमा जापानको भ्रमणमा अाउँदाे शनिबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयाे । उहाँले जापानबाट कृषि, प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउन पहल गर्ने बताउनुभयो ।

'नेपालको विकासको प्रमुख साझेदार तथा हाम्रा प्रमुख भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि सघाउँदै आएको जापानसँग सडक तथा रेलजस्ता पूर्वाधारमा लगानी ल्याउन मेरो विशेष प्रयास हुनेछ । औपचारिक वैदेशिक सहायता कटौति भइरहेको सन्दर्भभमा जापानबाट अधिकभन्दा अधिक लगानी भित्र्याउनु मेरो भ्रमणको अर्को उद्देश्य हो ', जापानमा लगानीसम्बन्धी कार्यशालासमेत हुने जानकारी दिँदै परराष्ट्रमन्त्रीले भन्नुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया