समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई स्पष्टिकरण सोधियो

 कात्तिक २९, २०७५ बिहिबार ९:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं महानगरपालिकाले ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । 

कार्यालय समयमा अनुपस्थित रहेको पाइएपछि अधिकृतस्तरका २४ जना र सहायक स्तरका ४५ जना गरी ६९ जनालाई स्पष्टिकरण सोधिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

महानगरका विभिन्न विभाग, सचिवालय, महाशाखा, इकाई र आयोजनामा कार्यरत ३ सय २२ कर्मचारी कार्यरत छन् । सहसचिव डाक्टर टोकराज पाण्डेको नेतृत्वको टोलीले बुधबार महानगरका विभिन्न निकायमा अनुगमन गरेको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया