कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई मान्यता दिएको छ ।
ईपीएलको आयोजकले बिहीबार एक विज्ञप्ति जारी गर्दै मान्यता प्राप्त भएको जानकारी दियो । ईपीएलले आईसीसीलाई २० हजार अमेरिकी डलर शुल्क बुझाएपछि काठमाडौंमा हुने फ्रेन्चाइजी टी–२० क्रिकेट प्रतियोगिताले मान्यता पाएको हो ।
‘नेपाली क्रिकेट र खेलाडीको विकासका लागि आयोजना भएको यो प्रतियोगितालाई आईसीसीले मान्यता दिएको छ’, आईसीसीका क्लीभ हिचककलाई उद्धृत गर्दै ईपीएलले विज्ञप्तिमा उल्लेख गरेको छ । यो रकम नेपाली क्रिकेटको विकासमा खर्च हुने पनि आईसीसीले स्पष्ट पारेको छ ।
मंसिर २२ गतेदेखि हुने ईपीएल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।