नेपाल पुलिसलाई हराउँदै च्यासलले उचाल्याे राइनो संरक्षण गोल्डकपको उपाधि

 कात्तिक २९, २०७५ बिहिबार १९:१४:९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – एकसिंगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि  च्यासल युथ  क्लबले  उचालेको छ ।

बिहीबार भएको फाइनल प्रतिस्पर्धामा  नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै च्यासलले उपाधि  उचालेको  हो ।  

खेलको १० औँ मिनेटमा अभिषेक रिजालको गोलबाट  नेपाल पुलिस क्लबले अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै समय टिक्न सकेन,  पहिलो हाफकै १६ औँ मिनेटमा च्यासलले बराबरी गोल फकौयो  । २१ औँ मिनेटमा पुलिसले थप एक  गोल गर्दै पहिलो हाफ आफ्नो पक्षमा पार्यो  । तर दोस्रो हाफमा आफ्नो अग्रता कायम गर्न सकेन ।  दोस्रो हाफमा च्यासलले बराबरी गोल फर्कायो  । निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा च्यासल युथ क्लबले  ५-३ गोल अन्तरले नेपाल पुलिस क्लबलाई पराजित गर्दै  उपाधि आफ्नो पक्षमा पारेको हो । पुलिसका दिनेश राजवंशीको प्रहार गोलपोस्टको बारमा लागेर फर्किँदा च्यासलका पाँचै खेलाडीले गोल गरेका थिए ।  

विजेता हुँदै च्यासल युथ क्लबले ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल  प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको नेपाल  पुलिस क्लबलले   २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ् दि सिरिज च्यासलका गोलरक्षक दिनेश थापा मगर भएका छन् ।

खेलको माध्यमबाट युवाहरुलाई वन, वन्यजन्तु संरक्षणमा लाग्ने उत्पे्ररणा जगाउने उद्धेशयले पन्ध्र वर्षदेिख  नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा राइनो संरक्षण गोल्डकप फुटबल  प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया