नेपालमा प्रदर्शन हुनु अगाडि नै चलचित्र ‘प्रसाद’ ले गर्‍याे विदेशमा व्यापार

 कात्तिक २९, २०७५ बिहिबार १९:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - यही मंसीर २१ बाट नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘प्रसाद’ ले नेपालमा रिलिज हुनुअगाडि नै विदेशमा व्यापार सुरु गरेकाे छ। 

चलचित्रमा निस्चल बस्नेत, विपिन कार्की,नम्रता श्रेष्ठलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रले विवाह भइसकेपछि पनि सन्तान नभएको र त्यसै कारण आइपरेका विभिन्न उतार चढावहरुको कथा प्रस्तुत गरेको छ । 

चलचित्रमा समावेश ‘ए लै लै’ र ‘वनकी चरी के भन्छे’ बोलका दुई गीतहरुलाई दर्शकले रुचाएका छन् । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको व्यापक चर्चा भइरहेको छ । 

नेपालमा प्रदर्शन हुनुअगावै चलचित्र प्रसादले अन्तरराष्ट्रिय व्यापार सुरु गरेको छ । चलचित्र हाल सम्ममा विभिन्न ५ देशमा बिक्रि भैसकेको छ । अस्ट्रेलिया, स्पेन, फिनल्याण्ड, बेलायत र यूएईमा चलचित्र विक्री भैसकेको बताइएको छ । 

जापान, कोरिया, अमेरिकालगायतका अन्य केही देशहरुमा चलचित्र बिक्रिका निम्ति कुरा भइरहेको निर्देशक दिनेश राउतले बताए । 

‘हामीले उठान गरेको विषयबस्तुलाई विदेशमा निकै रुचाउनु भएको छ । चलचित्रको वैदेशिक व्यापारका निम्ति कथावस्तु निकै महत्वपूर्ण हुने रहेछ’, निर्देशक राउतको भनाइ छ । 

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन तथा सुवास भुसालको संगीत रहेको छ । 

- उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया