ए डिभिजन लिगमा थ्रीस्टारलाई धक्का, घुँडाको चोटका कारण अनन्त तामाङ मैदानबाहिर

 कात्तिक २९, २०७५ बिहिबार २०:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शनिबारदेखि पुनः सञ्चालन हुने शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारका डिफेन्डर अनन्त तामाङ नखेल्ने भएका छन् । 

घुँडाको चोटका कारण उनी लिगको दोस्रो चरण खेल्ने सम्भावना कम बनेको छ । बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा ताजिकिस्तानविरूद्धको खेलमा सेन्टरब्याक अनन्त घाइते भएका थिए । जसका कारण उनले ए डिभिजन लिगको पहिलो चरण पनि गुमाएका थिए । इन्ज्युरी समान्य अवस्थामा पुगेपछि उनी प्रशिक्षणमा फर्किएका थिए । तर बुधबारको प्रशिक्षणका क्रममा उनीको त्यही चोट बल्झिएको हो । 

उनको अवस्थाको रिपोर्ट आएपछि उनी खेल्ने वा नखेल्ने तय हुनेछ । थ्रीस्टार क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया