५ वर्षपछि फर्मुला वानका लेजेण्ड माइकल सुमाकरको फाेटो सार्वजनिक

 कात्तिक ३०, २०७५ शुक्रबार ७:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फर्मुला वानका लेजेण्ड माइकल सुमाकरको पाँच वर्षपछि फाेटो सार्वजनिक भएको छ ।

२९ डिसेम्बर २०१३ मा आल्प्समा दुर्घटनामा परेका थिए । लामो समयसम्म कोमामा रहेका थिए तर पछिल्लो समय उनको स्वास्थ्य अवस्थाबारे खबरहरु आएका थिएनन् ।

उनकी श्रीमती कोरिनाले एक पत्र लेख्दै सुमाकरलाई फाइटरको संज्ञा दिएकी छिन् । उनले सुमाकर कहिल्यै पनि हार नमान्ने व्यक्ति भएको पनि बताइन् । दुर्घटना पछि १५ जना डाक्टरहरुले उपचार गरेका थिए भने उपचार खर्च हप्तामा १ लाख १५ हजार पाउन्ड खर्च भएको थियो ।

कोरिनाले जर्मन संगीतकार साशा हरशेनबाखलाई लेखेकी हुन् । त्यसपछि साशाले २०१४ मा बोर्न टू फाइट गीत रेकर्ड गरेर पठाएका थिए । दुर्घटना पछि सुमाकर ६ महिनासम्म कोममा रहेका थिए ।

२०१४ को अप्रिलमा उनलाई होस आएको थियो । त्यसपछि उनलाई जेनेभा नजिकै रहेको अज्ञातस्थलमा सुमाकरलाई राखिएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया