आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत बकर

 कात्तिक ३०, २०७५ शुक्रबार ८:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले बिहीबार म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघ (आईएटा) को विङ्स अफ चेन्ज सम्मेलनमा सहभागी हुनुभएको छ ।

सम्मेलनमा उहाँले यूरोपमा उड्डयन उद्योगले सामना गर्नुपरेको चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले उड्डयन उद्योगले यूरोपेली युनियनको भौगोलिक क्षेत्रभन्दा बाहिरको एसिया–पेसिफिक र मध्य पूर्वी एसिया क्षेत्रसम्म वृद्धि गरिसकेको र युरोपेली आयोग एसियन, कतार, टर्की, अजरबेजान, अर्मेनिया र ट्युनिसियासँग व्यापक हवाई ट्राफिक सम्झौता पूरा गर्न सक्रिय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो युरोपेली युनियनका हवाई वाहकहरुले प्रगतिशील उड्डयन बजारले प्रदान गरिरहेको विकासका अवसरहरुको लाभ उठाउनु जरुरी छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया