MENU

उज्यालो टी भी

फाँसीबाट बाँचेर फर्केकी डोल्मा शेर्पाको जेल बसाई संक्षेपमा (भिडियो)

रोजगारीका लागि २०६२ सालमा भारत हुँदै कुवेत पुगेकी डोल्मा शेर्पा जेल सजाय पूरा गरेर नेपाल फर्किनुभएको छ । एउटै घरमा काम गर्ने फिलिपिन्सका एक महिलाको हत्या गरेको आरोपमा डोल्मालाई सुरुमा मृत्यदण्ड (फाँसी)को सजाय सुनाइएको थियो । तर मृतक परिवारले १० हजार डलर (१० लाख रुपैयाँ) ब्लडमनी स्वीकारेपछि मृत्युदण्ड जेल सजायमा परिणत भएको थियो । सिन्धुपाल्चोकको गुम्बा क्याङसिङकी डोल्मालाई मृत्युदण्ड दिने फैसला भइसकेको खबर पाकिस्तानी नागरिक सागिर अहमदले नेपालका विभिन्न संघसंस्थालाई जानकारी गराएका थिए । त्यसपछि सरकार, नागरिक समाज र विदेशमा बसेका नेपालीको सहयोगमा ब्लडमनीका लागि १० हजार डलर र डोल्माको मुद्धामा सहयोग गर्ने वकिलका लागि १२ हजार डलर खर्च जुटाइएको थियो