केयरगिभरको संख्या बढाउन इजरायल सकारात्मक

 माघ १, २०७५ मंगलबार १७:०:५५ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले केयरगिभरको संख्या थप गर्न इजरायलसँग आग्रह गर्नुभएको छ ।  

मंगलबार नेपालका लागि इजरायली राजदूत एच इ बेन्नी ओमेरसँग भएको भेटमा इजरायलमा कृषि र पर्यटन र रोजगारीको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको भन्दै केयरगिभरको संख्या थप गर्न अनुरोध गर्नुभएको हो । 

राजदूत ओमेरले नेपाली कामदार मेहनती, इमान्दार र अनुशासित भएको कारण कामदारहरुको स‌ंख्या बढाउन इजरायल सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

राजदूत ओमेरले इजरायलबाट फर्किंएका युवाले त्यहाँको कृषि प्रविधिको प्रयोग गरी विभिन्न व्यवसाय सञ्चालन गरेकोमा खुशी हुँदै इजरायलको विकासमा नेपाली कामदारले पुर्‍याएको योगदानको चर्चा गर्नुभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्री विष्टले श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको दुई पक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने विश्वास पनि व्यक्त  गर्नुभएको छ । 


 

तपाईको प्रतिक्रिया