५ वर्ष पर्खनुहोस्, बाध्यताले कोही पनि परदेश जानु पर्दैन – मन्त्री विष्ट

 फागुन १, २०७५ बुधबार ८:४२:२० | अर्जुन पोख्रेल

 

काठमाण्डौ – केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्दैछ । यो सरकारबाट नागरिकले धेरै आशा र अपेक्षा राखेका थिए । तर अर्थतन्त्रका सबैजसो सूचक सुस्त हुनु, विकास खर्चको अवस्था निराशाजनक हुनु, चर्को ब्याजदरका कारण उद्योग व्यवसाय क्षेत्र अस्तव्यस्त हुनुलगायतका कारणले आर्थिक हिसाबमा सरकारका एक वर्ष निराशाजनक नै देखिए । 

तर एक वर्षको बीचमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने केही आशलाग्दो काम गरेको छ । श्रमिकको न्यूनतम तलब बढाएर १३ हजार ४ सय ५० कायम गर्ने, निजी क्षेत्रमा काम गर्ने श्रमिकले पनि पेन्सन पाउने गरी सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नेलगायतका धेरै काम गरेको मन्त्रालयले बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारलाई रोजगारी दिन सहयोग पुग्ने र यस्तै अरु कार्यक्रमबाट परदेश जाने युवाहरुलाई रोक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको योजना छ । ५ वर्षपछि कुनै पनि नेपाली युवा देशमा रोजगारी नपाएर परदेश जान बाध्य हुने अवस्था अन्त्य गर्ने उहाँको दाबी छ । 

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

2 Comments

  • nima

    Feb. 13, 2019, 9:07 a.m.

    चाहिने भन्दा बढी गफ चाहिँ नदिनुस मंत्रीज्यू , जे भने पनि हुन्छ भन्न खोजेको कि ..अलि अलि खुस्केको ? नभए के छ रोजगारको प्लान या जान नपर्ने कारण ?

  • तिलक प्रसाद तिमिल्सिना , पाल्पा हाल दुबई

    Feb. 13, 2019, 9:03 a.m.

    एकातिर 1 वर्षको अबधिमा कुनै पनि manpower conpany ले 100 जना कामदार बैदेसिक रोजगारका लागी पठाउन नसके कडा कारवाही गर्छौ सम्बन्धन नै खारेज गर्छौ भन्नुहुन्छ अनि फेरि अर्कोतिर 5 बर्ष पछि कोहि पनि नेपाली रहरले विदेसिनु पर्दैन पनि भन्नुहुन्छ...यसबाट हामीले के बुझ्ने मन्त्रि ज्यु???

तपाईको प्रतिक्रिया