विदेशी मुद्राको भाउ बढ्यो

 फागुन २, २०७५ बिहिबार १०:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  बिहीबार डलरसहित विदेशी मुद्राको भाउ थोरैले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । बुधबार डलरको खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा थियो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । बुधबार यसको खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको थियो । 

बिहीबारको लागि यूएई दिर्हाम १ को ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा छ । बुधबार यसको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा थियो ।

मलेसियन रिंगिट १ को २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा तोकिएको छ । बुधबार रिंगिटको खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा थियो । 

यस्तै बिहीबार कुवेती दिनार १ को ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९४ पैसा तोकिएको छ । बुधबार कुवेती दिनार १ खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९३ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २८ पैसा तोकिएको छ । बुधबार यसको खरिददर २९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८७ पैसा थियो ।

यसैगरी कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । अघिल्लो दिन बुधबार वनको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा थियो । 
 

तपाईको प्रतिक्रिया