साउदीमा जेल परेका भुपराज परिवारकाे सम्पर्कमा, घर फर्काइदिन आग्रह

 चैत ३, २०७५ आइतबार १६:२१:५२ | उज्यालो सहकर्मी

काठमाण्डौं – साउदी अरबमा जेल परेका महोत्तरीको बर्दिवास कालापानीका भुपराज बुढाथोकी परिवारको सम्पर्कमा आउनुभएको छ । 

एक वर्षअघि भुपराज साउदीमा जेल परेको खबर पाएको परिवारले त्यसपछि उहाँका बारेमा जानकारी पाएको थिएन । यस विषयमा उज्यालो अनलाइनमा समाचार प्रकाशित भएपछि भुपराजले काम गर्ने साउदी अरबको आरामको कम्पनीका साहुले शनिबार नै भुपराजलाई जेलबाट अस्पताल लगिएको जानकारी दिएका हुन् । 

भुपराजले दाइ टंक बुढाथोकीलाई आइतबार आफैं फोन गर्नुभएको छ । ‘उसको फोक्सोमा पानी जमेको छ रे त्यही भएर ४५ दिन अस्पतालमा बस्नु परेछ ।’ टंकले उज्यालोसँग भन्नुभयो ।

अकामा कार्ड (परिचयपत्र) र अस्पतालको कार्डको म्याद सकिएकाले भुपराजलाई अहिले कम्पनीमै राखिएको साहुले जानकारी दिएको टंकले बताउनुभयो । चिकित्सकले अझै उपचार गर्नुपर्ने बताएकाले भाइलाई नेपाल ल्याउनुपर्ने भन्दै उहाँले त्यसमा सहयोग गरिदिन सरकारसँग आग्रह गर्नुभएको छ ।  

यो पनि पढ्नुहोस् । 

साउदीमा जेल परेका भुपराजको परिवारको दुखेसो : सरकारले हाम्रो आँसु देखेन

तपाईको प्रतिक्रिया