विदेशमा रहेका नेपालीमा कोरोना : मध्यपूर्व र अफ्रिकी देशमा सङ्क्रमण बढ्दो

 असार २३, २०७७ मंगलबार १३:०:५३ | डा. सञ्जिव सापकोटा
unn.prixa.net

अहिले विश्वभरका नेपालीको स्वस्थ्य अवस्था कस्तो होला भन्ने सबैलाई चासो छ । कोरोनाबाट संसारका विभिन्न देशमा रहेका नेपाली पनि प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिलाई प्राप्त अद्यावधिक तथ्यांक अनुसार अहिले विभिन्न देशमा रहेका २८ हजारको हाराहारीमा नेपाली मूलका व्यक्तिहरु सङ्क्रमित भएको अवस्था छ ।

तर खुशीको कुरा के छ भने उनीहरुमध्ये लगभग ८० प्रतिशत अर्थात लगभग २४ हजार व्यक्ति कोरोनाबाट निको भइसकेका छन् । तर १० प्रतिशत व्यक्तिलाई भने कोरोनाले च्यापेको छ । वृद्धवृद्धा तथा दीर्घ रोग भएकाहरुलाई बढी असर गर्ने भएकाले १० देखि २० प्रतिशत नेपाली मूलका व्यक्तिहरुलाई च्यापेको हामीले जानकारी प्राप्त गरेका छौं ।

कोरोना लागेर पनि निको भइसकेका २० भन्दा बढी देशहरु छन् । युरोपमा रोमानिया, फिनल्याण्ड, स्वीडेन, जर्मनी, स्वीजरल्याण्ड, रसिया, क्यानडा छन् । यस्तै अष्ट्रेलिया, न्युजिल्याण्ड जापानमा त लगभग नेपालीहरु निको भइसकेको अवस्था छ । दक्षिण कोरियामा त अहिलेसम्म नेपालीलाई सङ्क्रमण भएको पाएका छैनौं ।

मध्यपूर्व र अफ्रिकी देशमा सङ्क्रमण बढ्दो

पछिल्लो समय निको हुने नेपालीको सङ्ख्या बढिरहेको छ भने अफ्रिकी  र मध्यपूर्वका देशमा कोरोनाबाट सङ्क्रमित हुने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । सबैभन्दा गम्भीर अवस्था मध्यपूर्वका देशहरुमा छ ।

कतार, साउदी, कुवेत, बहराइन, यूएईमा कोरोनाबाट सङ्क्रमित हुने नेपालीको सङ्ख्या बढिरहेको छ । तर सङ्क्रमण बढे पनि त्यही मात्रामा निको पनि भइरहेको अवस्था छ ।

कतार, साउदी, कुवेत, बहराइन, यूएईमा कोरोनाबाट सङ्क्रमित हुने नेपालीको सङ्ख्या बढिरहेको छ । तर सङ्क्रमण बढे पनि त्यही मात्रामा निको पनि भइरहेको अवस्था छ ।

अहिलेसम्म नेपालभन्दा बाहिर १४३ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । त्यसमा अधिकांश बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिक र उनीहरुका बुवाआमा हुनुहुन्छ । यस्तै मध्यपूर्वका देशहरुमा पनि ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको पाएका छौं । 

मुख्य त यूएईमा २५ जनाको ज्यान गएको छ । यस्तै साउदीमा ९ जना, कतारमा ७ जना, कुवेतमा ४ जना, बहराइन र ओमानमा १, १ जनाको ज्यान गएको हामीले जानकारी पाएका छौं । अहिले सङ्क्रमणको दर मध्यपूर्वबाहेकका देशमा बिस्तारै घट्ने क्रममा रहेको छ । तर मध्यपूर्व र अफ्रिकामा बढिरहेको अवस्था छ ।

सङ्क्रमणको खतरा टरेको छैन

कोरोनाबाट सङ्क्रमण हुने खतरा टरिसकेको छैन । अझै पनि बाहिर निस्किंदा स्वस्थ व्यक्तिमा पनि सङ्क्रमण हुने खतरा छ । सावधानी अपनाउन छोड्ने अवस्था छैन । अब त कोरोना कम भयो भनेर ढुक्क भएर बस्ने अवस्था पनि छैन ।

अमेरिका, बेलायत र युरोपका देशमा सङ्क्रमणको दर कम भए पनि त्यहाँ सङ्क्रमण हुने अरु देशका बासिन्दाहरु र त्यही देशका बासिन्दाहरुमा सङ्क्रमण बढिरहेको छ । जस्तो अमेरिकाका केही राज्यमा दैनिक हजारौंको सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ ।

कोरोनाबाट सङ्क्रमण हुने खतरा टरिसकेको छैन । अझै पनि बाहिर निस्किंदा स्वस्थ व्यक्तिमा पनि सङ्क्रमण हुने खतरा छ । सावधानी अपनाउन छोड्ने अवस्था छैन ।

त्यस्तै बेलायत लगायत यूरोपका विभिन्न देशमा पनि अवस्था यस्तै छ । सावधानी नअपनाएर खेलबाड गर्ने हो भने सङ्क्रमण हुने जोखिम त्यत्तिकै छ ।

सावधानी भन्ने कुरा आफू कोठाबाहिर निस्कनुभन्दा पहिले पाँच पटक सोच्ने, नाकमुख राम्रोसँग छोपेर र बाहिर भएका अपरिचित व्यक्तिलाई कोरोना छ भन्ने कुरा बुझ्यो भने हामीले सावधानीका उपाय अपनाउँछौं र हामी सङ्क्रमित हुनबाट जोगिन्छौं । कोरोना सर्ने भनेको मुख्यतया हातले नै हो ।

त्यही भएर केही छोएपछि वा बजारबाट आएपछि राम्रोसँग मिचीमिची २० सेकेण्डसम्म हात धुनुपर्छ ।  किनभने २० सेकेण्ड नभएसम्म भाइरस मर्दैन । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुने कुरा सबैलाई थाहा भएकै हो, तर यसमा विशेष ध्यान दिनुपर्छ ।

यी उपाय अपनाइएन भने जुनसुकै देशमा भए पनि सङ्क्रमण हुन्छ । कोरिया लगायतका देशमा महामारीको अवस्था सुध्रिनुमा त्यहाँको मानिसले सावधानी अपनाउनाले नै हो । जो सङ्क्रमित हुनुहुन्छ उहाँलाई नआत्तिएर चाँडोभन्दा चाँडोे स्वास्थ्य उपचार लिन स्वास्थ्य समिति मार्फत आग्रह गरिरहेका हुन्छौँ। 

मध्यपूर्वमा कोरोना बढ्नुको कारण

मध्यपूर्वका देश, जहाँ ठूलो सङ्ख्यामा नेपाली आप्रवासी श्रमिकहरु हुनुहुन्छ, सङ्क्रमण बढीरहेको छ ।

कतारमा १ लाखको हाराहारीमा सङ्क्रमित पुगेका छन् । कतारी जनसङ्ख्याको करिब २० प्रतिशत नेपाली छन् । त्यसैले कतारमा सङ्क्रमण भएकामध्ये २० प्रतिशत सङ्क्रमित नेपालीहरु छन् भन्ने हामीले अनुमान गरेका छौं ।

सङ्क्रमित व्यक्तिको समिपमा आउनाले र त्यस्ता व्यक्तिको नजिक जाँदा सावधानी नअपनाउनाले सङ्क्रमण बढेको छ । उनीहरुको सम्पर्कमा आएपछि हात नधोएरै मुखमा लगाउँदा सङ्क्रमण बढेको पाइन्छ । 

मध्यपूर्वमा सङ्क्रमण बढ्ने मुख्य दुईटा कारण छन् । सङ्क्रमित व्यक्तिको समिपमा आउनाले र त्यस्ता व्यक्तिको नजिक जाँदा सावधानी नअपनाउनाले सङ्क्रमण बढेको छ । उनीहरुको सम्पर्कमा आएपछि हात नधोएरै मुखमा लगाउँदा सङ्क्रमण बढेको पाइन्छ । 

यस्तै हेलचेक्र्र्यांइ गरेका कारण धेरैलाई यो भाइरसले छोएको देखिएको छ । यस्तै फ्ल्याट अथवा अपार्टमेन्टमा एकसाथ धेरै जना बस्ने गरेका कारण पनि जति सावधानी अपनाए पनि सङ्क्रमण बढेको देखिन्छ ।

बाहिर जाँदा पनि बेवास्ता गर्ने गरेको पाइएको छ । सङ्क्रमण हुन नदिनको लागि सङ्क्रमित व्यक्तिबाट टाढा रहनुपर्छ । यदि उनीहरुको सम्पर्कमा आइयो भने आफूलाई १४ दिनसम्म आइसोलेसनमा राख्नुपर्छ । तर अहिले विभिन्न देशमा रोजगारीका लागि पुग्नुभएका व्यक्तिहरु युवा भएका कारण उहाँहरुलाई रोग लागे पनि निको हुने सम्भावना धेरै छ र चाँडो पनि निको हुनुहुन्छ ।

घर फर्कनुअघि यी कुरामा ध्यान दिनुहोस्

अहिले खाडीका देश र मलेसियासहित विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्किरहनुभएको छ । तर अहिले यो महामारीको बेलामा स्वास्थ्य समितिकातर्फबाट हामीले अति नै आवश्यकता छैन भने आफू रहेको देशमै बस्न आग्रह गरेका छौं ।

जसलाई जानैपर्ने, आर्थिक, सामाजिक तथा स्वास्थ्य सम्बन्धी समस्याका कारण बाध्यता छ भने स्वदेश फर्किंदा ठिक हुन्छ । नेपालमा पनि कोरोना लागेको छैन भन्ने होइन । सङ्क्रमण फैलिरहेको छ । एक दिन त हामीले आफ्नो देश जानैपर्छ । तर बाध्यता छैन भने केही दिन कुर्नुहोस् भनेर हामीले भनिरहेका छौं ।

यदि जाँदै हुनुहुन्छ भने चार मुख्य कुरामा ध्यान दिनुपर्छ । पहिलो त सङ्क्रमण मुक्त भएर, टेष्ट नेगेटिभ आएपछि मात्र जानुस् । यस्तै यात्रा गर्दा जहाजमा सबै कुराको सावधानी अपनाउनुहोस् । नेपाल गएपछि आफूलाई आइसोलेसन र १४ दिनसम्म सेल्फ क्वरेण्टीनमा बस्नुहोस र आफू सङ्क्रमणमुक्त भएपछि मात्र समाजमा घुल्नुहोस् भनेर हामीले निर्देशिकाहरु दिएका छौं । 

यसो गर्दागर्दै पनि दुईचार जना सङ्क्रमित नेपाल जाँदा पनि त्यहाँ सङ्क्रमण बढाउने जोखिम देखिन्छ । नेपालमा दिनहुँ सङ्क्रमण बढिरहेकाले स्वस्थ व्यक्तिलाई बचाउनु नै महत्वपूर्ण कुरा रहेको छ । त्यही भएर कन्ट्याक्ट ट्रेसिङ एकदमै महत्वपूर्ण हुन्छ ।

सङ्क्रमित व्यक्तिसँग कम्तीमा दुई फिटसम्म सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिचान गरेर उहाँहरुलाई आइसोलेसनमा बस्न लगायो भने यो रोग फैलिनबाट जोगाउन सकिन्छ । अहिले स्वस्थ भएका व्यक्तिलाई फेरि सङ्क्रमण भएर सङ्क्रमणको दर बढ्नु भनेको ‘सेकेण्ड वेभ’ हो । त्यसैले हामीले यो अवस्था आउन दिनु हुँदैन । यस्तो हुन नदिन हामीसँग प्रशस्त उपाय छन्, त्यो हामीले गर्नुपर्छ ।

अनि जो व्यक्ति सङ्क्रमित छन्, उनीहरुबाट एकदमै बचौँ र जो व्यक्ति सङ्क्रमित छन् उनीहरुले आत्मबल बढाऔँ । सुरुमै डाक्टरसँग परामर्श लिएर सावधानी अपनाऔं ।

एनआरएनएले कर्णालीमा पनि कन्ट्याक्ट ट्रेसिङको लागि पैसा दिएको छ । त्यस्तै अरु ठाउँमा पनि गरेको छ । त्यसैले मैले यसलाई डढेलोको रुपमा लिएको छु । जति निभाउन खोजे पनि निभाउन सकिँदैन, तर निभाउने प्रयास जारी राख्नुपर्छ । सबैले आगो निभाउन सकिँदैन भनेर  पानी हाल्न छाड्यो भने झन् आगलागी बढ्छ । 

अनि जो व्यक्ति सङ्क्रमित छन्, उनीहरुबाट एकदमै बचौँ र जो व्यक्ति सङ्क्रमित छन् उनीहरुले आत्मबल बढाऔँ । सुरुमै डाक्टरसँग परामर्श लिएर सावधानी अपनाऔं ।

जस्तोसुकै दीर्घरोग भए पनि चाँडै उपचार गर्‍यो भने यो निको हुने सम्भावना धेरै बढी छ । अहिले कोरोनाले मानसिक तनाव बढिरहेको छ । यसलाई पनि नियन्त्रण गर्नुपर्छ । यसको लागि हामीले अरु विभिन्न काममा लाग्ने, मनोचिकित्सकको सल्लाह लिने । एन्जाइटी, डिप्रेसन लगायत धेरै कुराको औषधि छ । त्यसैले आवश्यक औषधि समयमै लिनपर्छ ।

मानसिक तनावलाई घटाउन मानसिक विज्ञहरुमार्फत फेसबुकबाट लाइभ गर्ने गरेका छौं । यस्तै टेलिहेल्थमार्फत पनि मानसिक सेवाहरु दिइरहेका छौं ।

डा. सञ्जिव सापकोटा

डा. सापकोटा गैरआवसीय नेपाली संघ अन्तर्गतकाे स्वास्थ्य समितिका संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया